ad ad

ग्लोबल


पतिको हत्या गरेको आरोपमा नेपाली महिलालाई अष्ट्रेलियामा तीन वर्षको जेल सजाय

पतिको हत्या गरेको आरोपमा नेपाली महिलालाई अष्ट्रेलियामा तीन वर्षको जेल सजाय

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार १२:५१, काठमाडौँ

अष्ट्रेलियामा एक नेपाली महिलालाई पतिको हत्या गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ। सिड्नीको ग्रानभिल एसियामा अटो ग्यारेज सञ्चालन गर्दै आएका सन्तोषको हत्या गरेको आरोपमा उनकी पत्नी नुमा गौतमलाई तीन वर्षको जेल सजाय सुनाइएको हो।

यद्यपि सन् २०१९ को नोभेम्बरमा भएको यो घटना ज्यान लिने उद्देश्यका साथ नभएको अदालतले बताएको छ। त्यसैले गौतमको सजाय पनि कम गरिएको हो। 

अष्ट्रेलियाको समाचार संस्था न्युज डटकमका अनुसार घरायसी झगडाको क्रममा सन्तोषले नुमामाथि भान्साको चक्कुले आक्रमण गरेका थिए। आक्रमणपछि घाइते भएकी नुमाले सोही चक्कुले सन्तोषलाई आक्रमण गर्दा उनको मृत्यु भएको हो। 


अदालतका न्यायाधीश लियोनी फ्ल्यानरीका अनुसार सन्तोषले सधैं मदिरा पिएर नुमालाई यौन सम्बन्धको लागि दबाब दिन्थे। उनले गर्भनिरोधक साधन प्रयोग गर्न नमान्दा नुमाले पाँचपटक गर्भपतन गराइसकेको न्यायाधीशले बताएका छन्।

नुमाले अब नेपाल फर्किएर बस्न सक्ने अवस्था नभएको भन्दै सजाय सकिएपछि नेपाल डिपोर्ट नगर्न अदालतसमक्ष अपिल गरेकी थिइन्। तर, अदालतले उनको अपिल अस्वीकार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .