ad ad

ग्लोबल


टर्कीद्वारा अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला

टर्कीद्वारा अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १३:०, काठमाडौँ

टर्कीका राष्ट्रपति रिसेप एड्रोगनले अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्ने घोषणा गरेका छन्। 

एड्रोगनले अमेरिका, फ्रान्स, जर्मनी, स्वीडेन, नर्वे, न्यूजिल्याण्ड, नेदरल्यान्ड, फिनल्याण्ड, क्यानडा र डेनमार्कका टर्कीस्थित राजदूतलाई देश निकाला गर्न विदेशमन्त्रीलाई निर्देशन दिएका हुन्। 

‘पर्सना नन ग्राटा’ अर्थात् अयोग्य घोषणा गरी देश निकालामा पर्नेमा अकांरास्थित शक्तिशाली पश्चिमा देशका राजदूतहरु छन्। 

टर्की सरकारले सन् २०१६ देखि थुनामा राखेका अभियन्ता ओसमान काभलाको रिहाइ आग्रह गर्दै ती दश राजदूतले गत हप्ता वक्तव्य निकालेका थिए। 

ती राजदूतको वक्तव्यप्रति टर्की सरकारले तीव्र असन्तुष्टि जनाएको थियो। 

वक्तव्यपछि टर्कीको विदेश मन्त्रालयले ती १० राजदूतलाई स्पष्टीकरण सोधेको थियो। 

टर्कीका ती अभियन्ता सन् २०१३ मा भएको सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा सन् २०१६ मा पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .