ad ad

ग्लोबल


आफ्नो सबै घर बेचेर भाडामा बस्छन् एलन मस्क

आफ्नो सबै घर बेचेर भाडामा बस्छन् एलन मस्क

फाइल तस्बिर


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार ११:२०, काठमाडौँ

अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क लगभग सबै भौतिक सम्पत्ति हटाउने प्रयासमा देखिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गत वर्ष आफूसँग कुनै पनि घर नराख्ने घोषणा गरेका मस्कले आफ्नो अन्तिम घर पनि बिक्रीका लागि राखेका हुन्।

विश्वकै सबैभन्दा धनी मस्कले अहिलेसम्म उनले आफ्नो ६ करोड २० लाख डलरबराबरको घर बिक्री गरिसकेका छन्। 

अहिले मस्कले अमेरिकाको सन्फ्रान्सिस्कोस्थित घर ३ करोड २० लाख डलरमा बिक्रीको लागि राखेका हुन्। १६ हजार वर्ग फिटमा बनेको यो घर उनले सुरुमा ३ करोड ५० लाख डलरमा बिक्रीको लागि राखेका थिए।

उनले यो घर सन् २०१७ मा २ करोड ३३ लाख डलरमा खरिद गरेका थिए। यो ऐतिहासिक घरलाई सन् १९१२ मा बनाइएको थियो। आर्किटेक्चर फर्म ब्लिस एण्ड फेभिलले यसको डिजाइन गरेको हो। 

मस्कको यो घर अहिले पूर्णरुपमा बिक्री नभइसके पनि खरिदकर्ताले प्रारम्भिक प्रस्ताव स्वीकार गरिसकेका छन्। त्यसो त मस्क आफैं भने त्यो घरमा बस्दैनन्।

गत जुन महिनामा सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफू अहिले स्पेसएक्स कम्पनीनजिकै रहेको एउटा घरमा बसिरहेको र यसको लागि मासिक ५० हजार डलरको भाडा तिरिरहेको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .