ad ad

ग्लोबल


नर्वेको सरकारी टेलिभिजनका दुई पत्रकार कतारमा पक्राउपछि रिहा

नर्वेको सरकारी टेलिभिजनका दुई पत्रकार कतारमा पक्राउपछि रिहा

मिडिया ब्रिफिङमा लोकमेन घोरबानी र हेल्भर एकेल्याण्ड (बाँयातर्फ)


नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १२:५४, काठमाडौँ

कतारका सुरक्षाकर्मीले नर्वेको सरकारी टेलिभिजनका दुई पत्रकारलाई ३० घण्टाभन्दा लामो समयसम्म हिरासतमा राखेर रिहा गरेको छ। रोयटर्सका अनुसार उनीहरु फिफा विश्वकप २०२२ को लागि कतारमा काम गरिरहेका मजदुरको रिपोर्टिङका लागि कतार पुगेका थिए। प्रहरीले उनीहरुले एउटा विदेशी मजदुरको शिविरमा खिचेको भिडियो पनि डिलिट गरिदिएका छन्। 

कतारको सरकारले हेल्भर एकेल्याण्ड र लोकमेन घोरबानीले निजी सम्पत्तिमा अनुमतिविना प्रवेश गरेको र जानकारी नदिई भिडियो खिचेको आरोप लगाएको छ। दुवै पत्रकारलाई बुधबार नर्वे फिर्ता पठाइएको छ। 

नर्वेका प्रधानमन्त्री जोनास गान स्तोरले आफ्ना पत्रकारलाई गिरफ्तार गरिएको विषय स्वीकार्य नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले प्रेस स्वतन्त्रता लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण हुने बताएका छन्। उनले आफ्ना पत्रकारहरु रिहा हुँदा खुसी लागेको बताए। 

विश्वकपको विषयमा रिपोर्टिङ गर्न गएका अन्य पत्रकारले पनि विभिन्न समस्याको सामना गर्नुपरेको छ। पत्रकारहरुले उनीहरुलाई आफ्नो सामानहरु छाडेर मात्र जान अनुमति दिइएको गुनासो गरेका छन्। पत्रकारलाई पक्राउ गरिएको विषयमा नर्वेको पत्रकार संघ र फुटबल संघले कतारको आलोचना गरेका छन्। 

कतारले भने एक निजी सम्पत्तिका मालिकले उजुरी गरेपछि दुई पत्रकारलाई पक्राउ गरिएको बताएको छ। कतारले पत्रकारहरुले भिडियोको लागि अनुमति मागे पनि नियामकले अनुमति दिएको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .