ad ad

ग्लोबल


बिहार, झारखण्ड र उत्तर प्रदेश भारतका सबैभन्दा गरीब राज्य

बिहार, झारखण्ड र उत्तर प्रदेश भारतका सबैभन्दा गरीब राज्य

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर ११, २०७८ शनिबार ७:५१, काठमाडौँ

भारतको नीति आयोगले बिहार, झारखण्ड र उत्तर प्रदेश सबैभन्दा गरीब राज्य भएको बताएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स (एमपीआई)का अनुसार बिहारमा ५१.९१ प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छन्। त्यस्तै झारखण्डमा ४२.१६ र उत्तर प्रदेशमा ३७.७९ प्रतिशत मानिस गरीबीको रेखामुनि छन्। 

मध्य प्रदेशमा ३६.६५ प्रतिशत मानिस गरीबीको रेखामुनि छन्। 

सबैभन्दा कम गरीबी भएको राज्य केरला बनेको छ। केरलामा केवल ०.७१ प्रतिशत मानिस गरीबीको रेखामुनि छन् भने गोवामा ३.७६ प्रतिशत मानिस गरीबीमा छन्। सिक्किममा ३.८२ र तामिलनाडुमा ४.८९ प्रतिशत मानिस गरीबीमा छन्। 

यो प्रतिवेदनका अनुसार एमपीआईको आकलनमा विश्वव्यापीरुपमा स्वीकृत गरिएको मापदण्डको पालना गरिएको छ।

गरीबीको आकलनमा स्वास्थ्य, शिक्षा र जीवनस्तर तीनैलाई बराबर महत्व दिइएको थियो । समग्रमा १२ मानकको आधारमा गरीबीको आकलन गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .