ad ad

ग्लोबल


‘तालिबानद्वारा अफगानिस्तानका दर्जनौं पूर्व सैनिकको हत्या’

‘तालिबानद्वारा अफगानिस्तानका दर्जनौं पूर्व सैनिकको हत्या’

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ८:२३, काठमाडौँ

तालिबानले अफगानिस्तानका दर्जनौं पूर्व सैनिकको हत्या गरेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले बताएको छ। एचआरडब्ल्यूले सार्वजनिक गरेको रिपोर्टअनुसार तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पूर्व सरकारमा सैनिकको रुपमा रहेका १०० भन्दा धेरैलाई तालिबानले हत्या गरेको वा बेपत्ता पारेको छ। 

प्रतिवेदनका अनुसार तालिबानले कसैसँग प्रतिशोध नलिइने र सबैलाई आममाफी दिएको बताए पनि तालिबानका स्थानीय कमाण्डरहरुले पूर्व सैनिकहरुलाई निशाना बनाइरहेका छन्। एचआरडब्ल्यूले पूर्व सैनिकको हत्यामा तालिबानको सरकारले ‘बेवास्ता’ गरेको र यस्तो कार्य ‘नियोजित’ रहेको बताएको छ। 

हालै मात्र तालिबानका प्रवक्ताले प्रतिशोध साँध्ने किसिमले कसैको हत्या नभएको बताएका थिए। गत अगष्टमा अफगानिस्तानमा कब्जा जमाएपछि तालिबानले पूर्व सरकारका सबै कर्मचारीलाई आममाफी दिने घोषणा गरेको थियो । 

विश्लेषकहरुले भने तालिबानले आफ्नो सत्ता गुम्नसक्ने आशंकाको कारण पूर्व सरकारका सैनिकको हत्याको अभियान चलाइरहेको हुन सक्ने बताएका छन्।

बीबीसीले उल्लेख गरेअनुसार तालिबानले यसअघिको सरकारका पूर्व सैनिकलाई उनीहरुको सुरक्षाको लागि भन्दै तालिबान प्रशासनमा आएर दर्ता गराउन भनेको थियो। तर, दर्ता गरेपछि उनीहरुको उक्त सूचनाको प्रयोग उनीहरुको हत्या वा बेपत्ता पार्नको लागि प्रयोग गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .