ad ad

ग्लोबल


चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप बस्दैनन्ः सिन्जो आबे

चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप बस्दैनन्ः सिन्जो आबे

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ८:५३, काठमाडौँ

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका मौन नबस्ने बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानको एक थिंकट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले चीनले यो कुरा बुझ्नुपर्ने बताएका हुन्।

उनले भने, ‘ताइवानमा आपतकाल, जापानको पनि आपतकाल हो। त्यसैले पनि यस्तो हुनु जापान–अमेरिका गठबन्धनको लागि आपतकालको अवस्थाजस्तै हुनेछ। चीनका मानिस विशेषगरी राष्ट्रपति सी चिनफिङले कहिले पनि जापान र अमेरिकाले आफूलाई साथ दिन्छन् भन्ने भ्रम राख्नुहुँदैन।’

गत वर्ष आफ्नो प्रधानमन्त्री पद छाडेका आबे सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकका प्रभावशाली नेता हुन्। आबेले ताइवानबारे अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पछिल्लो समय चीन र ताइवानको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा पुगेको छ। ताइवानले आफूलाई सार्वभौम मुलुक भएको दाबी गर्छ भने चीनले उसलाई आफ्नो एक भाग भएको बताउँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .