कोरोना भाइरसको खतरनाक मानिएको कोरोना भाइरसको पछिल्लो भेरिएन्ट ओमिक्रोन साउदी अरबमा पनि फेला परेको छ।
साउदीमा बुधबार पहिलोपटक ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।
साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उत्तरी अफ्रिकाको एक देशबाट आएका व्यक्तिमा उक्त भेरिएन्टको संक्रमण पुष्टि भएको हो।
एसपीएका अनुसार यो साउदी मानिस र उनको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखिएको छ। मध्य पूर्व र उत्तर अफ्रिकामा ओमिक्रोनको यो पहिलो केस हो।
यो पनि : अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
135
Shares
प्रतिक्रिया