ad ad

ग्लोबल


अमेरिकी गुप्तचर संस्थाको दाबी– अफ्रिकामा स्थायी सैन्य क्याम्प बनाउँदै छ चीन

अमेरिकी गुप्तचर संस्थाको दाबी– अफ्रिकामा स्थायी सैन्य क्याम्प बनाउँदै छ चीन

इक्वेटोरियल गिनीको बाटा सहर


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ९:३५, काठमाडौँ

अमेरिकी गुप्तचर संस्थाको एक रिपोर्टले चीन अफ्रिकास्थित एटलान्टिक महासागरको तटमा स्थायी सैन्य क्याम्प निर्माण गर्ने तयारीमा रहेको देखाएको छ। अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा अमेरिकी अधिकारीले अफ्रिकाको इक्वेटोरियल गिनीमा चीनले स्थायी सैन्य क्याम्प बनाउने तयारी गरिरहेको बताएका हुन्।

अमेरिकी अधिकारीले चीनले उक्त स्थानमा सैन्य क्याम्प स्थापना गरे, त्यो चीनको लागि ठूलो चुनौती हुन सक्ने बताएका छन्। यसअघि गत अप्रिलमा अमेरिकाको अफ्रिका कमाण्डका प्रमुख जनरल स्टेफेन टाउनसेन्डले चीनले अफ्रिका मात्र नभएर यहाँबाट चीनले धेरै कुरामा पहुँच पाउन सक्ने बताएका थिए। 

अमेरिकी अधिकारीले यस विषयमा विस्तृत जानकारी दिन अस्वीकार गरे पनि यसअघि नै इक्वेटोरियल गिनीलाई चीनले गरेको प्रस्ताव अस्वीकार गर्न आग्रह गरिसकेको बताएका छन्। 

यद्यपि चीनले भने अमेरिकी गुप्तचर संस्थाको रिपोर्टमा भनिएको जस्तो अफ्रिकामा सैन्य क्याम्प बनाउने कुनै योजना नरहेको बताएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चिनियाँ अधिकारीले  उक्त रिपोर्ट सही नभएको बताउँदै अमेरिका चीनबाट जोखिम छ भन्ने देखाउने दिशामा अघि बढिरहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .