ad ad

ग्लोबल


केन्यामा प्रहरी अधिकृतले पहिले पत्नीलाई गोली हाने, त्यसपछि अरू ५ जना मारे

केन्यामा प्रहरी अधिकृतले पहिले पत्नीलाई गोली हाने, त्यसपछि अरू ५ जना मारे

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७८ मंगलबार १९:३६, काठमाडौँ

केन्यामा एक जना प्रहरी अधिकृतले गोली हानी आफ्नी पत्नीसहित ६ जनाको हत्या गरेका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेन्सोन इम्बासी नाम गरेका प्रहरी अधिकृतले मंगलबार बिहान एके-४७ बाट गोली चलाएका हुन्। 

ती प्रहरी अधिकृत घरमा मंगलबार बिहान ठूलो आवाज सुनिएको बताएका छन्। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। जहाँ ६ जनाका लास भेटिएको थियो। 

उनले किन आफ्नै पत्नीसहित ६ जना मारे भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर दम्पतीबीच झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

केन्याको राजधानी नैरोबीनजिक काबेतेमा गोलीकाण्ड भएको हो। 

एएफपीका अनुसारप्रहरीसँगको बयानमा स्थानीयले ती प्रहरी अधिकृतको दम्पतीबीच झगडा हुने गरेको बताएका छन्।

प्रहरीका अनुसार ती प्रहरी अधिकृतले आफ्नी पत्नीलाई गोली हानिसकेपछि वेगमा अनय निर्दोष व्यक्तिहरूलाई पनि अन्धाधुन्ध गोली हानेका हुन्।

गोली लागेर मारिएका व्यक्तिमा २ जना ट्याक्सी चालक पनि छन्। गोलीले लागेर २ जना घाइते पनि भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .