ad ad

ग्लोबल


तत्कालीन राष्ट्रपति असरफ मार्ने तालिबानको कुनै योजना थिएन : बरादर

तत्कालीन राष्ट्रपति असरफ मार्ने तालिबानको कुनै योजना थिएन : बरादर

फाइल तस्बिर : अफगानिस्तानका उपप्रधानमन्त्री एवं तालिबान नेता मुल्लाअब्दुल गनी बरादर (बायाँ) र पूर्वराष्ट्रपति असरफ गनी।


नेपालखबर
पुस २१, २०७८ बुधबार १६:२८, काठमाडौँ

अफगानिस्तानस्थित तालिबान सरकारका उपप्रधानमन्त्री मुल्लाअब्दुल गनी बरादरले तत्कालीन राष्ट्रपति असरफ गनीको हत्या गर्ने आफूहरूको कुनै योजना नरहेकाे बताएका छन्। 

तालिबानले गत अगस्टमा राजधानी काबुल कब्जा गर्नासाथ आफ्नो हत्या हुने आशंका गर्दै तत्कालीन राष्ट्रपति असरफ सपरिवार देश छाडेर भागेका थिए। अहिले उनी यूएईको शरणमा छन्। 

तर तालिबानका एक शीर्ष नेता एवं हाल अफगानिस्तानका उपप्रधानमन्त्री बरादरले भने देशको सरकारी टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा असरफ मार्ने आफूहरूको कुनै योजना नभएको बताएका हुन्। 

उनले तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाले सबैलाई माफी दिने घोषणा गरेकाले यो कुरा असरफ गनीमा पनि लागू हुने बताएका छन्। 

‘अल्लाहले हामीलाई अफगानिस्तानमा सफलता दिनुभयो, यो उहाँको आशीर्वादको नतिजा हो। त्यसैले हाम्रा हेब्तुल्लाहले पुरानो प्रशासनसँग सम्बद्ध सबैलाई माफी दिने घोषणा गर्नुभयो’, बरादरले अन्तर्वार्तामा भनेका छन्, ‘त्यसपछि हामी असरफ गनी वा अरू कसैलाई कसरी मार्न सक्छौंं?’ 

याे पनिपूर्वराष्ट्रपति गनीको बयान : अफगानिस्तान छाडेर यसरी भागेँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .