ग्लोबल


रुसले द्वन्द्व वा कूटनीतिक सम्बन्धमध्ये एउटा छान्नुपर्छः अमेरिका

रुसले द्वन्द्व वा कूटनीतिक सम्बन्धमध्ये एउटा छान्नुपर्छः अमेरिका

नेपालखबर
पुस २९, २०७८ बिहिबार ८:९, काठमाडौँ

अमेरिकी उप विदेशमन्त्री वेन्डी शरमनले रुसलाई कूटनीतिक सम्बन्ध वा द्वन्द्वमध्ये एउटा छान्नुपर्ने बताएकी छन्।

युक्रेनको विषयलाई लिएर दुई मुलुकबीच भएको वार्तापछि अमेरिकी शीर्ष अधिकारीले यस्तो अभिव्यक्ति दिएकी हुन्। 

रुसका उपविदेशमन्त्री एलेक्जेन्डर ग्रस्कोले अमेरिकी गठबन्धन नेटोले रुसको मागहरुमध्ये आफ्नो सुविधाअनुसारका मागहरु मात्र छान्न नसक्ने बताएका छन्।

रुसले राखेको मागमध्ये युक्रेन कहिले पनि नेटोको सदस्य बन्न नपाउने माग पनि एउटा हो। 

युक्रेनको सीमामा रुसले ठूलो संख्यामा सैनिक परिचालन गरेसँगै आक्रमणको आशंका बढेको थियो। 

रुसले राखेको मागको विषयमा बोल्दै शरमनले अमेरिका वा नेटोका कुनै पनि सदस्यले युक्रेनलाई नेटोमा आउन सक्ने रोक्न नसक्ने बताइन्।

सैन्य गठबन्धनमा सबैलाई ढोका खुला गरिएको उनको भनाइ छ। 

उनले अन्य केही विषयमा वार्ता गर्न सकिने अवस्था रहेको र रुसले अब के चाहने हो भन्ने कुराको निर्णय गर्नुपर्ने बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .