ad ad

ग्लोबल


भारतमा भयानक रेल दुर्घटना (तस्बिरहरू)

भारतमा भयानक रेल दुर्घटना (तस्बिरहरू)

नेपालखबर
पुस २९, २०७८ बिहिबार १९:१३, काठमाडौँ

भारतीय राज्य बंगालको जलपाइगुडीमा बिहीबार साँझ ५ बजे भयानक किसिमले रेल दुर्घटना भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिकानेर–गुवाहाटी एक्सप्रेस जलपाइगुडीको डोमोहानीनजिक मोनोगुरीमा पटरीबाट खसेको हो।

दुर्घटनामा ३ जनाको मृत्यु भएको जलपाइगुडी डीएमले पुष्टि गरेका छन्। धेरै यात्रु कोचमा फसेको आशंका गरिएको छ, उद्धार जारी छ। अँध्यारोका कारण उद्धारमा कठिनाइ भइरहेको छ।

दुर्घटनालगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग फोनमा कुरा गरेका छन्।

बिकानेर एक्सप्रेस मंगलबार राति राजस्थानको बिकानेरबाट छुटेको थियो। रेल बिहीबार बिहान ५:४४ मा पटना रेलवे स्टेसनबाट गुवाहाटीका लागि प्रस्थान गरेको थियो।

अपडेट्स
–रेलवेले आपतकालीन नम्बर ८१३४०५४९९९ जारी गरेको छ।

–दुई हेल्पलाइन नम्बर ०३६–२७३१६२२ र ०३६–२७३१६६२३ जारी गरिएको छ।

–रेलमा १२ सय यात्रु थिए। जसमध्ये राजस्थानबाट चढ्नेको यात्रुको संख्या मात्र ७ सय छ। 

–एनडीआरएफका दुई टोली र एक उद्धार टोली जलपाइगुडी पठाइएको छ।

–२० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। जसमध्ये १५ जनालाई अस्पताल पठाइएको छ।

–डिब्बामा फसेका मानिसलाई ग्यास कटरबाट उद्धार गरिँदै छ।

हेर्नुहोस् रेल दुर्घटनाका तस्बिरहरू–​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .