ad ad

ग्लोबल


भारतमा एकैदिन थपिए कोरोनाका ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित

७ सय बढीको मृत्यु
भारतमा एकैदिन थपिए कोरोनाका ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १०:१, काठमाडौँ

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा नयाँ संक्रमितको संख्या झण्डै ३० हजारले बढेको हो। 

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ। 

यससँगै भारतमा कोरोना सक्रिय संक्रमितको संख्या २० लाख नाघेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। 

अहिलेसम्म भारतमा नौ हजार ६९२ संक्रमितमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .