ad ad

ग्लोबल


अफगानिस्तानमा यात्रु बसमा बम विष्फोट : ७ जनाको मृत्यु, ९ घाइते

अफगानिस्तानमा यात्रु बसमा बम विष्फोट : ७ जनाको मृत्यु, ९ घाइते

नेपालखबर
माघ ९, २०७८ आइतबार ८:२०, काठमाडौँ

अफगानिस्तानको हेरात प्रान्तमा यात्रु बसमा बम बिस्फोट हुँदा सात जनाको मृत्यु भएको छ। बिस्फोटमा परि अन्य नौ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।

अधिकारीहरुले इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको अनुमान गरेका छन्। 

बिस्फोटमा परेर चार महिलासहित सात जनाको मृत्यु भएको हो। घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ।

हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .