ad ad

ग्लोबल


आज पञ्जाबको मुख्यमन्त्री बन्दै भगवन्त मान, भगत सिंहको गाउँमा शपथ लिने

आज पञ्जाबको मुख्यमन्त्री बन्दै भगवन्त मान, भगत सिंहको गाउँमा शपथ लिने

नेपालखबर
चैत २, २०७८ बुधबार ८:४२, काठमाडौँ

भारतको पञ्जाबमा आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार मुख्यमन्त्रीको शपथ लिँदै छन्।

उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहरमा भगत सिंहको पैतृक गाउँ खटकर कलामा हुनेछ। 

उनको शपथ ग्रहण समारोहमा कुनै पनि भिआईपी मानिसलाई निम्तो दिइएको छैन।

आम नागरिकलाई यो समारोहमा सामेल हुन आग्रह गरिएको छ। यद्यपि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने यो समारोहमा सामेल हुनेछन्। 

पञ्जाबका राज्यपाल बनवारीलाल पुरोहित पनि शपथ दिलाउन खटकर कला पुगेका छन्। 

भगवन्त मानले आफ्नो शपथ ग्रहणमा पुरुषलाई पहेँलो पगरी र महिलालाई पहेँलो सल लगाएर आउन आग्रह गरेका छन्। 

पञ्जाबको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले पूर्ण बहुमतसहितको जित हात पारेको हो।

पञ्जाबको ११७ सिटमध्ये ९२ सिटमा आम आदमी पार्टीले जित हात पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .