ad ad

ग्लोबल


गम्भीर वार्तामा बस्न रुसलाई जेलेन्स्कीको आग्रह

गम्भीर वार्तामा बस्न रुसलाई जेलेन्स्कीको आग्रह

नेपालखबर
चैत ५, २०७८ शनिबार ७:३२, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई गम्भीर वार्तामा बस्न आग्रह गरेका छन्।

शनिबार एक भिडियो सार्वजनिक गर्दै जेलेन्स्कीले रुससँग यस्तो आग्रह गरेका हुन्। 

‘म अहिले मेरो कुरा सबैले सुनून् भन्ने चाहन्छु, विशेषगरी रुसले। अहिले बैठक बस्नुपर्ने समय आएको छ, यो वार्ताको समय हो’, जेलेन्स्कीले भने। 

‘युक्रेनलाई न्याय र भौगोलिक एकता कायम गर्नको लागि वार्ता गर्नुपर्ने समय आएको छ। अन्यथा रुसले यति ठूलो क्षति व्यहोर्ने छ कि जसलाई धेरै पुस्ताले पनि पूरा गर्न सक्दैनन्’, उनले थपे। 

जेलेन्स्कीले रुसी सेनाले निरन्तर आक्रमणमा परेका सहरमा मानवीय सहायतामा अवरोध सिर्जना गरिरहेको आरोप पनि लगाएका छन्।

उनले यो युद्ध अपराध रहको र रुसले यसको जवाफ दिनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .