ad ad

ग्लोबल


भारत भ्रमणमा आउँदै रुसी विदेशमन्त्री

भारत भ्रमणमा आउँदै रुसी विदेशमन्त्री

नेपालखबर
चैत १४, २०७८ सोमबार ८:१७, काठमाडौँ

रुसका विदेशमन्त्री सर्गेई लाभरोभ यसै साता भारत भ्रमणमा आउने भएका छन्।

लाभरोभ आधिकारिक बैठकका लागि भारत भ्रमणमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिनाभन्दा लामो समय बितिसकेको अवस्थामा रुसका विदेशमन्त्रीले भारतको भ्रमण गर्न लागेका हुन्।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक शीर्ष रुसी अधिकारीले भारत भ्रमण गर्न लागेका हुन्।

विश्व समुदायले अहिले रुसले गरेको आक्रमणको विरोध गरिरहँदा भारत भने यो मामिलामा तटस्थ बसेको छ। यस्तोमा रुसी विदेशमन्त्रीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

भारत भ्रमणको क्रममा लाभरोभँग युद्धको कारण उत्पन्न परिस्थितिपछिको रणनीतिक विषयमा कुरा हुन सक्ने समाचारमा उल्लेख छ।

त्यस्तै रुसी तेल खरिद, भुक्तानी प्रणालीका साथै पश्चिमा मुलुकले लगाएको स्विफ्ट बैंकिङ प्रणालीबाट हटाउने तथा अन्य प्रतिबन्धको विषयमा पनि छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .