ad ad

ग्लोबल


अमेरिकामा पनि अझै ३ करोड जनता इन्टरनेटको पहुँचबाहिर!

अमेरिकामा पनि अझै ३ करोड जनता इन्टरनेटको पहुँचबाहिर!

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १२:३८, काठमाडौँ

अमेरिकी बाइडेन प्रशाशनले आगामी ६ वर्षभित्र देशका सबै नागरिकलाई तीव्र गतिको इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ। 

समाचार संस्था एसोसिएटेड प्रेसका अनुशार सबै जनतालाई इन्टरनेट सेवा पुर्याउन तत्कालका लागि अमेरिकी सरकारले पहिलो चरणमा ४५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ। 

सन् २०२१ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वाधार विकाससम्बन्धी एक कानुनमा हस्ताक्षर गरे। 

अमेरिकाका दुवै सदनबाट उक्त कानुन पास भइसकेको छ। कानुनले सरकारलाई एक खर्ब अमेरिकी डलर पूर्वाधार प्याकेजमा खर्च गर्न अनुमति दिएको छ। 

कुल एक खर्च अन्र्तगत ब्रोडब्यान्ड इन्टरनेटका लागि ६५ अर्ब खर्च गर्ने सरकारले घोषणा गरेको छ। ६५ अर्ब मध्ये पहिलो चरणमा ४५ अर्ब खर्च गर्न लागिएको हो। 

अमेरिकाका वाणिज्यमन्त्री जिना राइमोन्डोले अमेरिकामा हाल ३ करोड भन्दा बढी जनता अझैं पनि इन्टरनेटको पहूँच बाहिर रहेको बताएकी छिन्। 

राइमोन्डोलाई इन्टरनेटको पहूँचबाट भएका जनतालाई अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट सर्वसूलभ दरमा वितरण गर्न जिम्मा दिइएको छ। 

‘अहिले पनि ३ करोड भन्दा बढी अमेरिकी जनतासंग इन्टरनेट छैन। आजका दिन र युगमा उच्चगतिको इन्टरनेटविना समान्य कुरा गर्न गर्न सकिँदैन। 

स्कूल जान होस् वा डक्टरकोमा जान इन्टरनेट नै चाहिन्छ। हामी दिनमा कतिपटक गुगल प्रयोग गर्छौँ हेरौँ त’ राइमान्डोले भनेकी छिन्। 

अहिले गर्न लागिएको इन्टरनेट वितरण अभियानलाई सन् १९३० मा अमेरिकाले थालेको ग्रामीण बिद्युतीकरण जस्तै मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .