ad ad

ग्लोबल


भारतमा भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

भारतमा भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १३:१७, नयाँ दिल्ली

भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो। 

आगलागीमा परी अरु कम्तीमा ४० जना जलेर घाइते भएका छन्। ती घाइतेमध्ये अधिकतरको अवस्था गम्भीर रहेको बताइएको छ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन्। सो भवन ठूलो थियो र यहाँ कैयौं कम्पनीका कार्यालय  पनि छन्। यो भवनको दोस्रो र तेस्रो तलाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी जारी छ। 

यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको छ। ठूलो भवन र धेरै नागरिक रहेकाले आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ। यो आगलागीको कारण भने पत्ता लागेको छैन। 

विद्युत सर्ट भएकाले आगो लागेको हुनसक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। तर यसको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ। भारतका राष्ट्रपति रामनाथ कोभिन्दले घटनाप्रति दुःख व्यक्त गरेका छन्। रासस/सिन्ह्ववा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .