ad ad

ग्लोबल


श्रीलंकामा सानो आकारको मन्त्रिपरिषद् गठन, जीएल पेरिस फेरि परराष्ट्रमन्त्री

श्रीलंकामा सानो आकारको मन्त्रिपरिषद् गठन, जीएल पेरिस फेरि परराष्ट्रमन्त्री

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १७:२५, काठमाडौँ

श्रीलंकाली राष्ट्रपति गोताबया राजपाक्षेले शनिबार चार मन्त्री नियुक्त गरेका छन्। 

रनील विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेको तीन दिनपछि राष्ट्रपति राजपाक्षेले चार मन्त्री नियुक्त गरेका हुन्। 

नयाँ मन्त्रीमा जिएल पेरिस (परराष्ट्र), दिनेश गुनवर्देना (सामान्य प्रशाशन), प्रसन्न रानातुंगा (शहरी विकास) र कन्चना विजेसेकरा (उर्जा) छन्। पेरिस अघिल्लो सरकारमा पनि परराष्ट्रमन्त्री थिए। 

पाँच पटक प्रधानमन्त्री बनिसकेका विक्रमासिंघे गत बिहीबार प्रधानमन्त्री पदमा फेरी नियुक्त भएका थिए।  मुलुकमा आर्थिक संकटबीच मुलुकमा हिंसात्मक घटना बढेपछि गत सोमबार राष्ट्रपति गोतबयाका कान्छा भाई महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए। 

वैदेशिक मुद्रा संचितीमा भारी गिरावट, चरम मुद्रास्फिती र इन्धन संकटपछि हजारौं जनता सडकमा उत्रेर एक महिनायता प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा सरकार समर्थित र प्रतिपक्षी दलका कार्यकर्ताबीच झडप हुंदा ९ जना मारिएका थिए भने ३०० घाइते भएका थिए। 

प्रदर्शनका क्रममा उनीहरुले निवर्तमान प्रधानमन्त्री राजपाक्षेको पुख्र्यौली घर समेत जलाइदिएका थिए। सन् १९४८ मा बेलायतको उपनिवेशबाट मुक्त भएयता श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकट व्यहोरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .