ad ad

ग्लोबल


न्यूयोर्कस्थित सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जना मारिए, तीन घाइते

न्यूयोर्कस्थित सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जना मारिए, तीन घाइते

नेपालखबर
जेठ १, २०७९ आइतबार ५:६, काठमाडौँ

अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा भएको गोली प्रहारबाट शनिबार राती कम्तीमा १० जनाको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन्। 

न्युयोर्कको बफेलो सुपरमार्केटमा गोली चलेको हो। मृतक सबैको टाउकोमा ताकेर गोली हानेको पाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

एक बन्दुकधारीहरुले सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाएका हुन।

बन्दुकधारी युवा न्युयोर्कका स्थानीय नभएको खुलेको छ। उनी घन्टौं टाढाबाट गाडीमा आएको प्रहरीले बताएको छ।

गोली चलाउँदा उनले कालाजातिविरुद्ध नारा लगाउदै अनलाइनमा लाइभ गरेको पाइएको प्रहरीले जनाएको छ। 

घटनामा सम्लग्न रहेको आशंकामा स्थानीय प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको छ।

उनले आफुलाई गोरा जातिका मानिस भनेर चिनाएका छन्। प्रहरीले उनको पहिचान अहिलेसम्म खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .