ad ad

ग्लोबल


फिनल्याण्डलाई पुटिनको चेतावनी–नेटोमा सामेल हुनु ठूलो भूल हुनेछ

फिनल्याण्डलाई पुटिनको चेतावनी–नेटोमा सामेल हुनु ठूलो भूल हुनेछ

नेपालखबर
जेठ १, २०७९ आइतबार ७:४४, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्याण्डलाई अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल नहुन चेतावनी दिएका छन्।

पुटिनले तटस्थ मुलुकको नीतिलाई छाडेर नेटोमा सामेल हुनु फिनल्याण्डको ‘भूल’ हुन सक्ने पुटिनले बताएका हुन्। 

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोसँगको कुराकानीमा पुटिनले फिनल्याण्डको सुरक्षामा कुनै किसिमको चुनौती नभएको दाबी गर्दै नेटोमा सामेल हुनुपर्ने जरुरी नरहेको बताएका हुन्। 

फिनल्याण्डले आधिकारिकरुपमा नेटोमा सामेल हुनको लागि आग्रह गर्नुभन्दा पहिला दुई मुलुकका राष्ट्रपतिको बीचमा फोनवार्ता भएको हो। 

फिनल्याण्डको रुससँग १३ सय किलोमिटरको सीमा जोडिएको छ। यस्तोमा फिनल्याण्ड नेटोमा सामेल हुँदा आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा पर्ने रुसले बताउँदै आएको छ। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै सुरक्षा चुनौती बढेको फिनल्याण्डले बताउँदै आएको छ।

तर, रुसले भने फिनल्याण्डलाई कुनै पनि चुनौती नरहेको बताउँदै आएको छ। युक्रेनमा आक्रमण सुरु गरेयता रुसले फिनल्याण्डको विद्युत् आपूर्ति भने रोकेको छ। 

रुसले भुक्तानीमा देखिएको समस्याको कारण फिनल्याण्डको विद्युत् आपूर्ति रोकिएको बताएको छ। फिनल्याण्डसँगै स्वीडेन पनि नेटोमा सामेल हुने तरखरमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .