ad ad

ग्लोबल


उत्तर कोरियामा ‘ज्वरो’बाट थप १५ जनाको मृत्यु, कोरोनाको आशंका

राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश
उत्तर कोरियामा  ‘ज्वरो’बाट थप १५ जनाको मृत्यु, कोरोनाको आशंका

नेपालखबर
जेठ १, २०७९ आइतबार १७:२०, काठमाडौँ

उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको बताएको छ। उनीहरुलाई कोरोना संक्रमण भएको आशंका पनि गरिएको छ। 

राज्यको आधिकारिक समाचार समिति केसीएनएले आइतबार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ। जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ।  

यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका छन्। उत्तर कोरियामा कोभिडविरुद्धको खोप लगाइएको छैन।

यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।

उत्तर कोरियाको राजधानी प्योङयाङमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .