भारतको असाममा अविरल वर्षापछि २० जिल्लामा बाढीको प्रकोप देखिएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार वर्षापछिको बाढी र पहिरोमा परी अहिलेसम्म ७ जनाको मृत्यु भएको छ।
असामको विपद् व्यवस्थापन निकायले दिएको जानकारीअनुसार अहिलेसम्म बाढी तथा पहिरोको कारण असामका ६५२ गाउँका १ लाख ९७ हजार २४८ जना मानिसहरु प्रभावित भएका छन्।
बाढीको प्रकोपसँगै प्रभावित मानिसहरुका लागि ६७ क्याम्प स्थापना गरिएको छ भने राहत वितरणको कामलाई तीव्रता दिइएको छ।
समाचारमा उल्लेख गरिएअनुसार असामको नेअमतीघाटमा ब्रह्मपुत्र नदीको सतहले जोखिमको रेखा पार गरिसकेको छ।
बाढी तथा पहिरोको कारण असामका विभिन्न क्षेत्रको सम्पर्क पनि टुटेको छ। दक्षिण असाम, त्रिपुरा र मिजोरमको रेलसेवा पछिल्लो २ दिनदेखि बन्द छ।
जेठ ३, २०७९, मंगलबार
प्रतिक्रिया