श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले अहिले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको बताएका छन्।
उनले विगत केही महिनायता नै देशको आर्थिक अवस्था संकटपूर्ण रहेको र अझै पनि अवस्था दिन प्रतिदिन बिग्रिँदो क्रममा रहेको बताएका छन्। यस्तो अवस्थामा सबैले आपसमा मिलेर काम गर्नुपर्ने विक्रमासिंघेले बताएका छन्।
सोमबार साँझ एक सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यतिखेर देश निकै नै अप्ठ्यारो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ।’
श्रीलंका अहिले आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको छ। तर यहाँ राजनीतिक संकटका समयमा पनि आन्दोलन भने जारी छ। सोमबार सरकारले ९ घण्टाको लागि कर्फ्यु घोषणा गरेको थियो।
विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यु आदेश जारी गरेको हो।
विषेश गरेर आर्थिक संकट बढेपछि महँगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए।
केही दिनअघि राष्ट्रपति गोताबाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्रीमा नियुक्त भएसँगै विक्रमासिंघेले चाँडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन्। रासस/सिन्ह्वा
प्रतिक्रिया