टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आफ्नो मुलुक फिनल्याण्ड र स्वीडेनलाई अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल गर्ने प्रस्तावको विपक्षमा रहेको बताएका छन्।
उनले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल हुनको लागि मनाउन प्रतिनिधि पठाउने आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन्।
यसअघि स्वीडेनले युरोप निकै खतरानक वास्तविकताको बीचमा रहेको बताएको थियो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फिनल्याण्ड र स्वीडेन ३० देशीय सैन्य गठबन्धनमा सामेल हुँदा प्रत्यक्षरुपमा कुनै किसिमको कुनै खतरा नभए पनि कुनै पनि किसिमको सैन्य विस्तारको जवाफ दिने बताएका छन्।
एर्दोगानले सोमबार स्वीडेन चरमपन्थी गुटको जन्मस्थल भएको आरोप लगाएका छन्।
उनले भने, ‘आतंकवादी गुटको विषयलाई लिएर यी मुलुकको स्पष्ट नीति छैन। हामी उनीहरुमाथि कसरी भरोशा गर्न सक्छौं?’
नेटोको सदस्य मुलुक टर्कीले यी दुवै देशले कुर्दिस्तान वर्किङ पार्टी (पीकेके)लाई समर्थन गर्दै आएको बताएको छ।
यो संगठनले लामो समयदेखि टर्कीको सरकारविरुद्ध सशस्त्र संघर्ष गर्दै आएको छन्।
Shares
प्रतिक्रिया