इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ।
सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन्। यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिबारे बुझ्ने काम भइरहेको छ ।
भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ। प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन।
तर अधिकारीहरुले भूकम्प शक्तिशाली भएकाले भौतिक तथा मानवीय क्षति भएको अनुमान गरिएको बताएका छन्। रासस/सिन्ह्वा
जेठ ३, २०७९, मंगलबार
प्रतिक्रिया