ad ad

ग्लोबल


श्रीलंकाका राष्ट्रपतिमाथिको अविश्वास प्रस्ताव सांसदबाट अस्वीकृत

श्रीलंकाका राष्ट्रपतिमाथिको अविश्वास प्रस्ताव सांसदबाट अस्वीकृत

नेपालखबर
जेठ ४, २०७९ बुधबार ६:५०, काठमाडौँ

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश गरेको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। 

विपक्षी दल तामिल नेशनल एलायन्स (टीएनए) का सांसद एमए सुमनथिरणको राष्ट्रपतिविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा कुल सांसदमध्ये ६८ सांसदले मात्र मतदान गरेका थिए। 

 समागी जना बालावेगया (एसजेबी) सांसद हर्ष दे सिल्भाले अन्य सांसदमध्ये नवनिर्वाचित प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले पनि प्रस्तावको विपक्षमा मतदान गरेको बताए। 

पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षले राजीनामा दिएसँगै राष्ट्रपति गोताबाय राजपाक्षको राजीनामाको माग प्रदर्शनकारी समूहले गरिरहेको समयमा राष्ट्रपतिविरूद्ध अविश्वासको प्रस्ताव आएको थियो। 

खाद्य तथा इन्धनको अभाव, बढ्दो मूल्य वृद्धि र बिजुली कटौतीका कारण देशले खराब आर्थिक संकटको सामना गरिरहेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .