अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ। अमेरिकाको सबैभन्दा ठूलो सहरका रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ।
महामारीको ‘मध्यम खतरा’मा रहेको न्युयोर्क अहिले ‘उच्च खतरा’मा वर्गीकृत भएको अधिकारीहरुले जनाएका छन्। मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो।
महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सिर्जना भएको छ। महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन्।
कोरोना महामारी नियन्त्रण सम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन्।
कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन्।रासस/एएनआई
Shares
प्रतिक्रिया