अमेरिकी अर्थमन्त्री जनेट येलेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हित अनुकूल नभएको बताएकी छिन्।
उनले भनिन्, “ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही कर ‘उपभोक्ता र व्यवसायी’को हितमा नरहेकोले बाइडेन प्रशासनले ती अतिरिक्त करलाई हटाउने सोच बनाएको छ।”
जर्मनीमा जी–७ राष्ट्रको वित्त मन्त्रीको बैठकअघि उनले भनिन्, “ती शुल्कमध्ये केहीले उपभोक्ता र व्यवसायमा बढी नोक्सानी गरेजस्तो देखिन्छ। चीनसँग भएका वास्तविक मुद्दा समाधान गर्ने अर्थमा ती निर्णय धेरै रणनीतिक छैनन्, चाहे त्यो आपूर्ति श्रृङ्खला जोखिम, राष्ट्रिय सुरक्षा मुद्दा वा अन्य अनुचित व्यापारिक अभ्यासहरूसँग सम्बन्धित होउन्।”
यो भनाइले अमेरिकी बाइडेन प्रशासन चीनसँगको व्यापार विवादमा केही लचिलो हुने सङ्केत देखिएको छ। रासस/एएफपी
Shares
प्रतिक्रिया