यूरोपेली संघ(ईयू)ले युक्रेनलाई थप सहयोगका लागि ९ अर्ब युरो दिने प्रस्ताव गरेको छ।
रुसी आक्रमणको सामना गर्न यस वर्ष युक्रेनलाई उक्त सहयोग दिने प्रस्ताव गरिएको हो।
ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव युक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले बताए।
भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताइन्।
उनले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्था पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गरिन्।
प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २ खर्ब १० अर्ब युरो लगानी गर्नुपर्ने उल्लेख छ। रासस/एएफपी
45
Shares
प्रतिक्रिया