ad ad

ग्लोबल


फिनल्यान्डमा नेटोको सैन्य अखडा र आणविक हतियार रहँदैन : सन्ना मरिन

फिनल्यान्डमा नेटोको सैन्य अखडा र आणविक हतियार रहँदैन : सन्ना मरिन

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:५, काठमाडौँ

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो मुलुकमा नेटोको स्थायी सैन्य अखडा वा हतियार रहने सम्भावना नभएको बताएकी छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्ड र स्विडेनले हालै नेटो सदस्यताका लागि आवेदन दिएका छन्।

इटलीको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री मरिनले फिनल्यान्डमा सैन्य शिविर वा आणविक हतियार स्थापना गर्ने कुरा छलफलमै नभएको बताइन्।

‘यो अहिलेको बहस होइन। छलफलको विषय पनि होइन। हामीले नचाहे कसैले पनि जबर्जस्ती स्थायी सैन्य शिविर वा आणविक हतियार थोपर्दैन। यो विषय एजेन्डामै छैन,’ उनले भनिन्, ‘फिनल्यान्डमा आणविक हतियार तैनाथ गर्ने वा नेटो सैन्य अखडा खोल्ने रुचि पनि छ जस्तो मलाई लाग्दैन।’

नेटोको सहयोगबिना पनि फिनल्यान्डको प्रतिरक्षा व्यवस्था बलियो रहेको उनको भनाइ छ।

‘हाम्रो रक्षात्मक क्षमता राम्रो छ। हामी जीडीपीको २ प्रतिशतभन्दा धेरै हिस्सा रक्षा क्षेत्रमा खर्च गर्छौँ। दशकौँदेखि हामीले सुरक्षामा भारी लगानी गरेका छौँ। किनभने हाम्रो सीमामा आक्रामक छिमेकी छ,’ उनले भनिन्।

उनले नेटो सदस्यताको लागि आवेदन दिने फिनल्यान्डको कदम युद्धका लागि नभई शान्तिका लागि भएको बताइन्। 

उनले युक्रेनमा आक्रमण गरेकोमा रुसको चर्को आलोचना पनि गरिन्। द गार्डियनबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .