सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको प्रशासनले झुटको सहारा लिएर इराकमाथि आक्रमण गर्यो।
सद्दाम हुसेनसँग आम नरसंहारकारी हतियार रहेको प्रमाण आफूहरुसँग रहेको भन्दै अमेरिकी नेतृत्वमा आक्रमण सुरु भयो। जसको आदेश बुसले नै दिएका थिए। त्यो लम्बेतान युद्धमा लाखौँ मानिस मारिए, दसौँ लाख विस्थापित भए।
इराक बर्बाद भए पनि अमेरिकाले दाबी गरेजस्तो आम नरसंहारकारी हतियार कतै फेला परेन। तर, त्यो युद्धका कारण अमेरिकी विदेश नीतिको चर्को आलोचना भए पनि यसमा कानुनी रुपले कसैलाई जिम्मेवार ठहर्याइएको छैन।
अहिले आएर बुस स्वयंले सो युद्धको भर्त्सना गरेका छन्– तर साँच्चै होइन, जिब्रो चिप्लिएर।
बुधबार डलासमा उनी रुसको राजनीतिक व्यवस्थाको आलोचना गरिरहेका थिए।
‘नतिजा रुसमा नियन्त्रण र सन्तुलन छैन। र, इराकमा पुरै अनुचित र क्रुर आक्रमण सुरु गर्ने एक व्यक्ति निर्णय..’
उनले तुरुन्तै आफूलाई सच्याए र भने, ‘मेरो मतलब युक्रेनमा।’
बुसको जिब्रो चिप्ल्याइ सामाजिक सञ्जालमा भाइरल भएको छ। थुप्रैले रोचक टिप्पणी गरेका छन्। केहीले बुसलाई आफ्नो अपराध कबोल्न २० वर्ष लागेका बताउँदा कतिपयले चाहिँ यसलाई ‘फ्रायडियन स्लिप’को उदाहरण मानेका छन्।
Thanks to George W. Bush teachers can now teach their students about imperialism, western hypocrisy, and Sigmund Freud all with this 14 sec video pic.twitter.com/CD3CmNncdP
— Chris Hazzard (@ChrisHazzardSF) May 19, 2022
Shares
प्रतिक्रिया