युक्रेनको मारिओपोल सहरको अजोवस्टल स्टिल कारखानामा हप्तौँदेखि घेरामा परेका करिब २ हजार सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले बताएका छन्।
अझै कारखानाको सुरुङमा सयौँ सैनिक बाँकी रहेको बताइएको छ। सुरुङमा रहेका अजोव बटालियनका कमान्डर देनिस प्रोकोपेन्कोले आफूहरुलाई नेतृत्वले हतियार बिसाउन निर्देशन दिएको बताएका छन्।
केही दिनयता ती सैनिकहरुले दिनहुँ आत्मसमर्पण गरिरहेका छन्।
मुख्य युद्ध भने मुलुकको पूर्वी भागमा चलिरहेको छ। रुसले लुहान्स र दोनेस्क क्षेत्र ‘मुक्त’ गर्न लागिसकेको बताएको छ।
पछिल्ला केही दिनयता सेभेरोदोनेस्क सहरमा भीषण लडाइँ चलिरहेको बताइएको छ। एजेन्सी
162
Shares
प्रतिक्रिया