ad ad

ग्लोबल


बाइडेन एसिया भ्रमण सकेर फर्किएलगत्तै उत्तर कोरियाद्वारा तीन मिसाइल परीक्षण

बाइडेन एसिया भ्रमण सकेर फर्किएलगत्तै उत्तर कोरियाद्वारा तीन मिसाइल परीक्षण

नेपालखबर
जेठ ११, २०७९ बुधबार ११:१४, काठमाडौँ

उत्तर कोरियाले बुधबार तीन ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ।

दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार बुधबार एक घण्टाको बीचमा उत्तर कोरियाले तीनओटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। उक्त मिसाइल उत्तर कोरियाको प्योङयोङको सुनान क्षेत्रबाट गरिएको हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेन पाँच दिने एसिया भ्रमण सकेर फर्किएसँगै उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो। एसिया भ्रमणको क्रममा बाइडेनले जापान र दक्षिण कोरिया भ्रमण गरेका थिए। 

उत्तर कोरियाले यस वर्षको सुरुवातदेखि नै विभिन्न ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ।

जापानले पनि बुधबार उत्तर कोरियाले कम्तीमा दुई मिसाइल परीक्षण गरेको बताएको छ। यद्यपि उसले यो संख्या अझै धेरै हुन सक्ने बताएको छ। 

जापानका रक्षामन्त्री नोबुओ किशिले पहिलो मिसाइल करिब ३ सय किलोमिटर टाढा र ५५० किलोमिटर उचाइसम्म पुगेको बताए।

त्यस्तै दोस्रो मिसाइल ५० किलोमिटरको उचाइ र ७५० किलोमिटर टाढासम्म पुगेको थियो। 

किशिले उत्तर कोरियाको मिसाइल परीक्षणको आलोचना गर्दै यस किसिमको परीक्षण स्वीकार्य नरहेको बताएका छन्।

उनले जापान र अन्तर्राष्ट्रिय समुदायको शान्ति, स्थिरता र सुरक्षालाई खतरा रहेको पनि उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .