ad ad

ग्लोबल


रणनीतिक महत्वको लिमन सहर रुसको कब्जामा

रणनीतिक महत्वको लिमन सहर रुसको कब्जामा

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १५:३३, काठमाडौँ

युक्रेनको दोनबासस्थित रणनीतिक महत्वको लिमन सहर कब्जा गरिएको रुस समर्थित पृथकतावादीहरुले बताएका छन्। स्वघोषित दोनेस्क पिपुल्स रिपब्लिकले सो सहर सम्पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको हो।

लिमनमा केही दिनयता भीषण लडाइँ भइरहेको थियो। यो सानो सहर रुसी नियन्त्रणमा गएपछि सेभेरोदोनेस्क र त्यसवरिपरि रहेका युक्रेनी सैनिक घेरिने सम्भावना बढेको छ। किनभने सो क्षेत्रका युक्रेनी सैनिकका लागि आपूर्ति मुख्य मार्ग यही हो। 

रुसी सेनाको कारबाही व्यवस्थापन र सामरिक सीपमा वृद्धि हुन थालेको युक्रेनी अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार अलेक्सेइ एरेसेभिचले भने, ‘पुष्टि नभइसकेको तथ्यांकअनुसार हामीले लिमन सहर गुमायौँ। रुसी सेनाले यो सहर कब्जा गर्यो।’

‘उनीहरुले जसरी यो सहर कब्जा गरे, त्यसले के देखाउँछ भने उनीहरुसँग एकदमै प्रतिभाशाली कमान्डरहरु छन् जसले कारबाहीलाई ठिकसँगले सञ्चालन गरे। यसले रुसी सेनाको कारबाही व्यवस्थापन र सामरिक सीप बढ्दै गएको देखाउँछ,’ एरेस्टोभिचले थपे। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .