युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच भेटवार्ता भएको छ।
युक्रेन भ्रमणमा रहेकी मारिनले जेलेन्स्कीलाई युक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेकी हुन्।
भेटवार्ताका क्रममा उनीहरुले युरोपेली मुलुकहरूको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेका थिए।
राष्ट्रपति जेलेन्स्कीको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूले युद्धपछि युक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामका बारेमा कुराकानी गरेका थिए।
सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयतासम्बन्धी सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थिए। रासस/सिन्ह्वा
306
Shares
प्रतिक्रिया