ad ad

ग्लोबल


विद्यालयमा छात्रालाई प्रतिबन्ध लगाइएको भन्दै अफगानिस्तानमा निरन्तर प्रदर्शन

विद्यालयमा छात्रालाई प्रतिबन्ध लगाइएको भन्दै अफगानिस्तानमा निरन्तर प्रदर्शन

नेपालखबर
जेठ १४, २०७९ शनिबार ७:३३, काठमाडौँ

अफगानिस्तानमा छात्रालाई विद्यालयमा प्रतिबन्ध लगाइएको विरुद्धमा निरन्तर प्रदर्शन भइरहेको छ। 

तालिबानले सरकार गठन गरेपछि छात्रालाई विद्यालयमा पठन पाठनमा प्रतिबन्ध लगाएपछि लामो समयदेखि प्रदर्शन भइरहेको छ। 

छात्रालाई पठन पाठन गर्न दिनुपर्ने, महिलाका विभिन्न अधिकार कुण्ठित भएकाले त्यसको फुकुवा हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन भइरहेको हो।   

अधिकारकर्मीले झन्डै नौ महिनादेखि गर्दै आइरहेको प्रदर्शन बिहीबार पनि भएको समाचारमा जनाइएको छ।  

उनीहरूले महिलालाई खानासँगै काम र शिक्षा पनि दिनुपर्ने मागसहितको प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यालय जान नपाएका छात्राले “शिक्षा हाम्रो अधिकार हो” भन्ने नारासहित तत्काल पढ्न पाउनु पर्ने माग गरेका थिए।   

पढ्न नपाउँदा अफगानिस्तानका लाखौँ बालिकाहरूको भविष्य अन्धकारमा परेकाले उनीहरूलाई पढ्न पाउने व्यवस्था गर्न देश भित्रका तथा बाहिरका अधिकारकर्मीले निरन्तर माग गर्दै आएका छन्। 

संयुक्त राष्ट्रसङ्घीय निकाय लगायतका धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले पनि बालिकाहरूलाई पढ्न दिन र महिलाहरूलाई रोजगारी लगायतका अधिकार उपभोग गर्ने वातावरण बनाउन पटक पटक आग्रह गरेका थिए। 

देश भित्र र बाहिरबाट पटक पटकका दबाबका कारण तालिबान सरकारले महिलाका अधिकार चाडै नै फुकुवा गर्ने प्रतिबद्धता दिए पनि अहिलेसम्म फुकुवा भएको छैन। 

तालिबानी उच्च अधिकारीले भने महिला अधिकार, लोकतान्त्रिक मूल्य मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको दाबी गर्दै आएका छन्। तर व्यवहारमा भने त्यस्तो नदेखिएको आरोप लाग्दै आएको छ। रासस/एएनआई
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .