ad ad

ग्लोबल


इन्जिनमा समस्या देखिएपछि ताइवानी लडाकु विमानको अमेरिकामा आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि ताइवानी लडाकु विमानको अमेरिकामा आकस्मिक अवतरण

नेपालखबर
जेठ २५, २०७९ बुधबार ८:५८, काठमाडौँ

ताइवानी लडाकु विमान एफ–१६ विमानले सोमबार हवाईस्थित विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

ताइवानी विमानको ल्याण्डिङ गियरले फेल भएसँगै अमेरिकी विमानस्थलमा आकस्मिक अवतरण गरिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

यसरी आकस्मिक अवतरण गर्दा कसैलाई  चोट नलागे पनि यस किसिमको जबर्जस्ती गरिएको अवतरण ताइवानको विमान दुर्घटनाको शृङ्खलाको निरन्तरता हो।

यसअघि गत जनवरीमा एफ–१६भी लडाकु विमान ताइवानको पश्चिमी समुद्री तटमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी एक पाइलटको मृत्यु भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार आकस्मिक अवतरण गरिएको विमान अमेरिकाको एरिजोनास्थित ल्युक एयर फोर्स बेसको तालिमको लागि प्रयोग हुँदै आएको थियो। 

उक्त विमान होनोलुलुमा इन्धन भरेर ताइवान फर्किने योजना थियो। सोही क्रममा गियरमा समस्या देखिएपछि हवाईमा आकस्मिक अवतरण गरिएको हो।

यसरी आकस्मिक अवतरणको क्रममा विमानमा ठूलो क्षति नपुगेको र अहिलेसम्म कसैलाई पनि चोट नलागेको अधिकारीहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .