अर्बपति इलोन मस्ककी छोरीले बाबुसँगको सबै नाता तोड्ने निर्णय गरेकी छिन्।
जाभियर एलेक्जान्डर मस्कले बाबुसँगको सबै नाता तोड्दै आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएकी छिन्।
१८ वर्षीया किशोरीले आफ्नो नाम भिभियन जेन्ना विल्सन राख्न आग्रह गर्दै अमेरिकाको लस एन्जल्स काउन्टि सुपेरियर अदालतमा निवेदन दिएकी हुन्।
जसमा उनले आफूलाई भिभियन जेन्ना विल्सन नाम गरेकी एक महिलाको पहिचान दिन आग्रह गरेकी छिन् भने नयाँ जन्मदर्ताको प्रमाणपत्र दिन पनि आग्रह गरेकी छिन्।
उनको निवेदन गत अप्रिल महिनामा नै दर्ता भए पनि हालै मात्र यो विषय प्रकाशमा आएको हो। यस विषयमा टेस्ला र स्पेसएक्सका मालिक मस्कले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
मस्कले भिभियनकी आमासँग सन् २००० मा विवाह गरेका थिए। २००८ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो।
Shares
प्रतिक्रिया