ad ad

ग्लोबल


दक्षिणी चीनमा बाढीको प्रकोप, हजारौंको उद्धार

दक्षिणी चीनमा बाढीको प्रकोप, हजारौंको उद्धार

नेपालखबर
असार ९, २०७९ बिहिबार ७:२३, काठमाडौँ

अविरल वर्षापछि आएको बाढीको कारण चीनको दक्षिण र पूर्वी क्षेत्रका प्रान्तहरु प्रभावित भएका छन्। वर्षापछि ठूलो बाढी र पहिरोले समस्या झनै बढाएको छ। चीनका दुई प्रान्तमा मंगलबार नदीहरुको सतह ५० वर्षयताकै उच्च विन्दुमा पुगेको थियो। 

सामाजिक सञ्जालहरुमा देखिएको भिडिओमा पनि  सडकमा पानीको भेलको कारहरु छोपिएको देख्न सकिन्छ। केही सहर बाढीको कारण पूरै डुबानमा परेका छन्। सार्वजनिक भिडिओमा मानिसहरुलाई डोरी तथा रबरको डुङ्गामा उद्धार गरिरहेको देख्न सकिन्छ। यो क्षेत्रमा यस वर्ष १९६१ यताकै सबैभन्दा ठूलो वर्षा भएको अधिकारीहरुको भनाइ छ। 

नदीको छेरी तथा डुबानमा पर्न सक्ने स्थानमा बसोवास गरिरहेका मानिसहरुलाई सुरक्षित स्थानमा सर्न सरकारले आग्रह गरेको छ। अहिलेसम्म विभिन्न प्रान्तका गरी हजारौं मानिसहरुलाई उद्धार गरिएको छ। 

गुआङडोङको शाओगुआन सहर बाढीबाट सबैभन्दा प्रभावित बनेको छ। यो सहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो खतराको चेतावनी जारी गरिएको छ।

यो क्षेत्रमा मेको अन्तिमदेखि अहिलेसम्म निरन्तर परेको अविरल वर्षाको कारण नदीको सतह उच्च बनेको छ। गुआङडोङको किन्युयान सहरमा पनि सोही किसिमको चेतावनी जारी गरिएको छ।

त्यस्तै जियाङसी प्रान्तमा पनि नदीको सतहले खतराको विन्दु पार गरिसकेको छ। उक्त प्रान्तका विभिन्न नौ जिल्लाका ४ लाख ५८ हजार मानिसहरु बाढीबाट प्रभावित भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .