ad ad

ग्लोबल


न्युयोर्कमा नेपाली मूलकी उम्मेदवारले जितिन् प्राइमरी चुनाव

न्युयोर्कमा नेपाली मूलकी उम्मेदवारले जितिन् प्राइमरी चुनाव

सराहना श्रेष्ठ


नेपालखबर
असार १७, २०७९ शुक्रबार ७:९, काठमाडौँ

अमेरिकास्थित न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा नेपाली मूलकी उम्मेदवारको जित भएको छ। डेमोक्रेटिक उम्मेदवार ६६ वर्षीय केभिन काहिललाई ४१ वर्षीया सराहना श्रेष्ठले हराएकी हुन्। 

चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय काहिलले २३ वर्षदेखि लगातार र सन् १९९३ मा गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गरिरहेका थिए। यसपटक उनलाई पराजित गर्ने श्रेष्ठ सन् २००१ मा अध्ययनका लागि न्युयोर्क पुगेकी थिइन् भने सन् २०१९ मा अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन्।

सात हजार ७ सय २ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएकी हुन्। पराजित काहिलले ७ हजार १ सय ७३ भोट ल्याएका थिए। अब नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलोपटक काहिलको नाम मतपत्रबाट हट्ने र श्रेष्ठको राखिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .