ad ad

ग्लोबल


डेनमार्कको शपिङ मलमा अन्धाधुन्ध गोली आक्रमण, तीनजनाको मृत्यु

डेनमार्कको शपिङ मलमा अन्धाधुन्ध गोली आक्रमण, तीनजनाको मृत्यु

नेपालखबर
असार २०, २०७९ सोमबार १०:५, काठमाडौँ

डेनमार्कको सबैभन्दा ठूलो शपिङ मलमा आाइतबार भएको अन्धाधुन्ध गोली आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार गोली आक्रमणमा घाइते हुनेमध्ये तीनजनाको अवस्था गम्भीर छ। साउथ कोपनहेगनस्थित फिल्ड मलमा आइतबार एक युवकले अचानक अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए। आक्रमणमा संलग्न २२ वर्षीय युवकलाई प्रहरीले गिरफ्तार गरेको छ। 

प्रहरीका अनुसार अहिलेसम्म आक्रमण गर्नुको कारण भने खुलेको छैन। साथै यो आक्रमण आतंकवादी आक्रमण हो वा होइन भन्ने पनि स्पष्ट हुन सकेको छैन। डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिक्सनले यसलाई डेनमार्कमाथिको क्रूर आक्रमण भएको बताएका छन्। 

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले डेनमार्कका सबै नागरिकलाई एकजुट हुँदै एकअर्कालाई सहयोग गर्न आग्रह गरेका छन्।

डेनमार्कको राजपरिवारले पनि पीडितको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

प्रहरीले यस विषयमा थप अनुसन्धान चलिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .