आइतबार भएको भारी वर्षाका कारण रेल ढिला भएपछि ६५ सय यात्रु प्रभावित भएका छन्।
रेल संचालक कम्पनी (जेआर वेस्ट)लका अनुसार होकुरिकु लाइनमा भएको ढिलाइका कारण यात्रुहरु गन्तव्यमा पुग्न नसकेका हुन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार हिजो बेलुका ७ः५० बजे फुकुई शहर नजिकै प्रतिघण्टा ८० मिलिमिटर वर्षा भएको थियो।
जसको कारण, ओसाका र कानाजावा बीचको सीमित एक्सप्रेस थन्डरबर्ड जस्ता २८ भन्दा धेरै रेल बन्द गरिएको थियो ।
निलम्बित जाने तथा आउने गरी १३ अप रेल लगभग साढे सात घण्टा ढिलो भएको र करिब ६५ सय यात्रु प्रभावित भएको जेआर वेस्टले बताएको हो।
ढिलाइका कारण गन्तव्यमा पुग्न नसकेपछि ४२० यात्रुले ट्रेनमै रात बताउनुपरेको बताइएको छ।
93
Shares
प्रतिक्रिया