ad ad

ग्लोबल


अमेरिकाको सिकागोमा अन्धाधुन्ध गोली आक्रमण, ६ जनाको मृत्यु

अमेरिकाको सिकागोमा अन्धाधुन्ध गोली आक्रमण, ६ जनाको मृत्यु

नेपालखबर
असार २१, २०७९ मंगलबार ९:२१, काठमाडौँ

अमेरिकाको सिकागोस्थित हाइल्याण्ड पार्कमा सोमबार भएको अन्धाधुन्ध आक्रमणमा ६ जनाको मृत्यु भएको छ। अमेरिकाको स्वाधीनता दिवसको अवसरमा निकालिएको एक र्‍यालीमा अन्धाधुन्ध गोली आक्रमण भएको छ। 

यो आक्रमणमा कम्तीमा २४ जना मानिसहरु घाइते भएका छन्। हाइल्याण्ड पार्क प्रहरी प्रमुखले यो आक्रमणमा संलग्न रहेको आरोपमा २२ वर्षीय युवकलाई पक्राउ गरिएको बताएका छन्। प्रहरीले उनको साथबाट एउटा राइफल पनि बरामद गरेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आक्रमणको घटनामा दुःख व्यक्त गरेका छन्। उनले यो उक्त घटनामा परेका मानिसहरुलाई सहयोग गर्न स्थानीय प्रशासनलाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

उनले घटनाबाट आफू स्तब्ध रहेको बताएका छन्। उनले अमेरिकामा बन्दुकबाट हुने हिंसाविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रहरीका अनुसार आरोपीले एक अग्लो घरको छतबाट र्‍यालीमा आएका मानिसहरुमाथि गोली चलाएका थिए।

इलिनोय राज्यका गभर्नर जे रबर्ट प्रित्ज्करले गोली आक्रमण अमेरिकाको साप्ताहिक परम्परा बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

सोमबार र्‍याली सुरु गरेको १० मिनेटपछि नै गोली आक्रमण सुरु भएको थियो। अमेरिकामा पछिल्लो केही महिनामा टेक्सास, बफेलो सुपरमार्केटसहित धेरै स्थानमा गोली आक्रमण भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .