ग्लोबल


आम्दानीको बाटो खोज्दै जोनसन, प्रधानमन्त्रीबाट हटेपछि पत्रकारितामै फर्किनसक्छन्

आम्दानीको बाटो खोज्दै जोनसन, प्रधानमन्त्रीबाट हटेपछि पत्रकारितामै फर्किनसक्छन्

नेपालखबर
साउन २८ , काठमाडौँ

प्रधानमन्त्री बन्नुभन्दा तीन दिनअघि बोरिस जोनसनको अन्तिम स्तम्भ डेली टेलिग्राफमा प्रकाशित भयो। जसमा उनले १९६९ को चन्द्र अवतरणबाट पाठ सिक्दै ब्रेक्जिट लागू गर्न आह्वान गरेका थिए।

यस्तो राजनीतिक अन्तर्दृष्टि सस्तैमा आउने कुरा थिएन। जोनसन आफ्नो साप्ताहिक विचार स्तम्भका लागि महिनाको १० घण्टा काम गरेर २ लाख ७५ हजार पाउन्ड तलब खान्थे।

तर, प्रधानमन्त्री रहँदा अनेक काण्डमा फसेपछि टेलिग्राफका शीर्षकहरु जोनसनप्रति निष्ठुर हुँदै गए। त्यसैले प्रधानमन्त्री निवासबाट निस्केपछि पत्रकारितामा फर्किन चाहने हो भने जोनसनले नयाँ घर खोज्नुपर्ने हुनसक्छ।

तर, उनीसँग अरु विकल्प छन्। डेली मेलले उनी पदबाट हटेपछि आफ्ना लागि स्तम्भ लेख्ने प्रस्ताव जोनसनकहाँ पुर्याएको स्रोतहरुले जनाएका छन्।

यस्तो व्यवस्था भयो भने त्यो जोनसन र मेल दुवैका लागि फाइदाको विषय हुनसक्छ। जोनसन डेली मेलको माउ कम्पनीका प्रधान सम्पादक पौल डेक्राको सहकर्मी बन्ने अनुमान गरिएको छ। 

अर्कोतिर, प्रधानमन्त्री जोनसन आम्दानीको नयाँ बाटो पनि खोज्दैछन्। किनभने पद छाडेपछि उनको तलब आधा घटेर ८४ हजार पाउन्ड हुनेछ। 

उनको सम्बन्धविच्छेद महंगो थियो, उनी आफ्ना सन्तानको खर्च पनि धान्दै छन्। ​

जोनसनलाई पत्रिकामा जागिरको प्रस्ताव गरिएको हो कि होइन भन्ने प्रश्नमा प्रधानमन्त्री कार्यालयले जवाफ दिन मानेन। डेली मेलका प्रवक्ताले पनि जवाफ दिएनन्।

जोनसन लामो समयदेखि डेली टेलिग्राफमा आबद्ध थिए। जहाँ उनले आफ्नो राजनीतिक करिअरको अधिकांश समय साप्ताहिक स्तम्भ लेखे। जसबाट कमाएको २ लाख ७५ हजार पाउन्डलाई उनले कुनैबेला ‘कुखुराको चारो’ मात्र हो भनेका थिए। तर, प्रधानमन्त्रीको तलब बन्द भएपछि उनलाई त्यस्तो आम्दानीको आवश्यकता पर्नेछ।

अहिले जोनसन र डेली मेलबीच राम्रो सम्बन्ध छ। त्यो गतवर्षको भन्दा अलग हो। त्यतिबेलाका सम्पादक जोर्डी ग्रेगको नेतृत्वमा डेली मेल जोनसनको आलोचना गर्थ्यो। ग्रेगलाई डेक्राकै सहयोगी टेड वेरिटीले विस्थापित गरे। 

पछिल्ला महिनामा डेली मेलले जोडदार रुपमा प्रधानमन्त्रीको बचाउ गरिरहेको छ। 

पद छाडेपछि जोनसनले भाषण शुल्कबाट दसौँ लाख पाउन्ड कमाउनेछन्। त्यस्तै, उनले धेरै पहिलेदेखि लेख्ने भनेको शेक्सपियरको जीवनीबाट पनि पैसा आउनेछ। 

आफू र पत्नी बस्दैआएको घर १६ लाख पाउन्डमा बिक्रीमा राखेपछि उनी नयाँ घर पनि खोजिरहेका छन्।

जोनसन डेली मेलमा आबद्ध भए टेलिग्राफसँगको उनको लामो सम्बन्ध टुट्नेछ। टाइम्सले एउटा उद्धरण बंग्याएको आरोपमा बर्खास्त गरेका युवा पत्रकार जोनसनलाई टेलिग्राफले दोस्रो मौका दिएको थियो। 

जोनसन पछि टेलिग्राफको चर्चित ब्रसेल्स संवाददाता बने। जहाँबाट उनले युरोपेली संघका उट्पट्याङ नीतिनियमबारे लेखे। तिनै नियमले ब्रेक्जिटको बाटो खोल्यो। पछि उनी स्तम्भकार भए र राजनीतिमा छिरे।

तैपनि पछिल्लो समय टेलिग्राफले खुलेर जोनसनको समर्थन गरेको छैन। गार्डियनबाट
 

साउन २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad