ad ad

ग्लोबल


मङ्कीपक्सको नयाँ भेरिएन्टको नामकरण

मङ्कीपक्सको नयाँ भेरिएन्टको नामकरण

नेपालखबर
साउन २८, २०७९ शनिबार १८:५७, जेनेभा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको नयाँ भेरिउन्टको नामकरण गरेको छ।  पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ।

सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्ल्यूएचओले जनाएको छ।

विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्ल्यूएचओले मङ्कीपक्सको बारेमा निर्णय गरेको हो।

विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरिएन्ट पनि धेरै प्रकारका रहेको र ती मध्ये केही मुख्य भेरिएन्टहरुको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टुए र क्लेड टुबी रहेको जनाइएको छ। फैलिएको ठाउँका आधारमा यसको भेरिएन्ट फरक फरक भएको र नाम पनि त्यहीअनुसार फरक फरक राखिएको विज्ञहरुको टोलीले जनाएको छ। ​

मङ्कीपक्सको नामकरण भने यसको पहिलोपटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो। अहिले त्यसको परिवर्तित स्वरुप फैलिँदै गएको विज्ञहरुले बताएका छन्। ​

मङ्कीपक्स नयाँ नयाँ भेरिएन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रुपमा यसलाई घोषणा गरेको छ। मङ्कीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ सङ्क्रमित भएका सङ्गठनले जनाएको छ। रासस​/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .