ad ad

ग्लोबल


जम्मु–कस्मिरमा ड्रोनले हतियार खसालेको सम्बन्धमा एनआईएको छापा

जम्मु–कस्मिरमा ड्रोनले हतियार खसालेको सम्बन्धमा एनआईएको छापा

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १२:४८, काठमाडौँ

अन्तर्राष्ट्रिय सीमामा ड्रोनबाट हतियार खसालेको सम्बन्धमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले जम्मु–कश्मीरका पाँच जिल्लाका आठ स्थानमा छापा मारेको छ।

एनआईएले ट्विटमार्फत खोजी अभियानको बारेमा जानकारी दिएको हो। श्रीनगर, जम्मु, कठुआ, साम्बा र डोडा क्षेत्रमा छापा मारिएको हो।​

एनआईएद्वारा जारी विज्ञप्तिअनुसार ड्रोनमार्फत हतियार, गोलाबारुद खसाल्ने सम्बन्धमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) द्वारा छापा मारिएको छ। टीआरएफ लस्कर–ए–तैयबासँग सम्बन्धित छ।

‘आज गरिएको खोजीमा धेरै आत्तिजनक सामग्री, डिजिटल उपकरण र कागजातहरू बरामद गरिएको छ’, समाचार एजेन्सी पीटीआईले एनआईएलाई उद्धृत गर्दै भनेको छ। 

एनआईएले भनेको छ– टीआरएफ सदस्यहरू लस्कर–ए–तैयबाका पाकिस्तानी ह्यान्डलरहरूसँग निरन्तर सम्पर्कमा थिए र साम्बा क्षेत्रको अन्तर्राष्ट्रिय सीमानजिकै ड्रोनबाट हतियार, गोला बारूद, विस्फोटकहरू प्राप्त गर्दै थिए। यी हतियारहरू टीआरएफ सदस्यहरूले कस्मिरमा चरमपन्थी आक्रमणहरूका लागि प्रयोग गरिरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .