ad ad

ग्लोबल


एसियाली शताब्दी आउन चीन र भारत मिल्नुपर्छ : जयशंकर

एसियाली शताब्दी आउन चीन र भारत मिल्नुपर्छ : जयशंकर

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १५:३१, काठमाडौँ

भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारत मिलेपछि मात्रै एसियाली शताब्दी सुरु हुने बताएका छन्। यद्यपि यी दुई मुलुकबीचको सम्बन्ध चीनका कारण एकदम कठिन चरणबाट गुज्रिरहेको उनको भनाइ थियो।

ब्यांककस्थित चुलालोङकर्ण युनिभर्सिटीमा ‘भारतको इन्डो–प्यासिफिक दृष्टिकोण’ विषयमा जयशंकर बोलेका थिए।

‘चीनले सीमामा जे गर्यो, त्यसपछि अहिलेको क्षणमा भारत–चीन सम्बन्ध अत्यन्त कठिन चरणबाट गुज्रिरहेको छ,’ उनले एक प्रश्नको जवाफमा भने, ‘मलाई लाग्छ, यदि भारत र चीन एक ठाउँमा आउनुपर्ने हो भने त्यसो गर्नका लागि श्रीलंका मात्रै होइन, अरु थुप्रै कारण छन्।’

भारत र चीनको आफ्नो हितको लागि पनि उनीहरु मिल्न जरुरी रहेको उनको भनाइ थियो।

‘हामी आशा गर्छौँ, चिनियाँ पक्षको बुद्धि फिर्नेछ,’ उनले थपे।

पछिल्ला वर्षहरुमा भारत र चीनबीच सीमावर्ती क्षेत्रमा सिर्जना भएको तनाव पुरै साम्य भइसकेको छैन।

जयशंकरले इन्डो–प्यासिफिकका विद्यमान चुनौती र अवसरलाई सम्बोधन गर्ने सबैभन्दा उपयुक्त फोरम क्वाड भएको पनि बताए।

‘हामी विश्वस्त छौँ, क्वाडको गतिविधिबाट समग्र इन्डो–प्यासिफिक क्षेत्रले फाइदा पाउनेछ,’ उनले भने। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .